चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा घट्दो क्रममा देखिएको छ । कम्पनीको बढ्दो खर्चका कारण मुनाफा प्रभावित बन्दै आएको हो । पछिल्लो समय कम्पनीको प्रगति गतिलो हुन नसक्दा कुनैबेला ब्लू चिप कम्पनीको रुपमा रहेको चिलिमेको सेयरमूल्य समेत अन्य हाइड्रोपावर सरह झरेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ९ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४० करोड १२ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा समीक्षा अवधिमा १।८३ प्रतिशतले संकुचित बनेको हो ।
कम्पनीको विद्युत बिक्री आम्दानी १।८७ प्रतिशत बढेको छ । पुससम्म कम्पनीले ६३ करोड ६५ लाख ५९ हजार रुपैयाँ विद्युत बिक्रीबाट गरेको छ । गत आवको सोही अवधिमा ६२ करोड ४८ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको रिटेन अर्निङ्ग ८.३९ प्रतिशत घटेर ३ अर्ब ४० लाख ४३ हजार रुपैयाँमा खुम्चिएको छ । यस्तै सञ्चालन मुनाफा ३।७९ प्रतिशत घटेर ४० करोड ९९ लाख ४५ हजार कायम भएको छ ।
बैंक मौज्दात बढेको र मुद्दती निक्षेपको ब्याजदर बढेपछि कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ७।८६ प्रतिशत बढेर पुससम्म ९ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।
चिलिमेको चुक्ता पूँजी ७ अर्ब २५ करोड ८१ लाख रुपैयाँ रहँदा वार्षिक १० रुपैयाँ ८५ पैसामा झरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ११ रुपैयाँ ८९ पैसा रहेको थियो । कम्पनीको प्रति सेयर नेटवर्थ १४१ रुपैयाँ ३९ पैसा र मूल्य आम्दानी अनुपात ४१.३२ गुणा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया