शुभम पावरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल
शुभम पावर लिमिटेडले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको सम्पूर्ण धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायत कार्यहरू गर्नका लागि मुक्तिनाथ क्यापिटल चयन गरेको हो ।
कम्पनीले माघ १८ देखि २२ गतेसम्म ५ लाख ३९ हजार ९४० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरी माघ २७ गते बाँडफाँड भएको थियो । सर्वसाधारणमा जारी आईपीओ सेयर सूचीकरण प्रक्रियामा रहेको छ ।
त्यससभन्दा अधि कम्पनीले स्थानीय बासिन्दाका लागि २ लाख कित्ता सेयर बिक्री गरेको थियो ।
📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।