मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ फागुन १० गतेदेखि खुला हुने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानीय बासिन्दाका लागि ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ गरी कुल ६ करोड ५१ लख १० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।
आईपीओमा न्यूनतम १० देखि अधिकतममा १० हजार कित्ताका लागि फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन्। आयोजन प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि भने सो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा ढिलोमा चैत ९ गतेसम्म आईपीओ बिक्री खुला हुनेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कसलाई कति ?
कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशत अर्थात बराबरको प्रति सेयर १०० रुपैयाँ दरका ५ लाख ४२ हजार ५८३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।
सोमध्ये अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरुका लागि २ लाख ७१ हजार २९२ कित्ता तथा २ लाख ७१ हजार २९१ कित्ता सेयर सो बाहेकका क्षत्रमा रहेका संखुवासभा जिल्लाका बासिन्दाहरुलाई छुट्टाइएको छ ।
यस्तै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको १० लाख ८५ हजार १७० कित्ता सेयरको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका १ लाख ८ हजार ५१७ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
कहाँबाट दिने आवेदन ?
कम्पनीको निष्कासन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको ‘मेरो सेयर’ मोबाइल एप, ‘मेरो सेयर’ को वेवसाइटबाट अनलाइन तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट समेत सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
स्थानिय बासिन्दाले आयोजना स्थल, मादी नगरपालिका वडा नम्बर ७, वागा, चैनपुर नगरपालिका वडा नम्बर ३, तिनखोप्रे रेडक्रस भवनका सार्थ एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।
कम्पनीको बारेमा
कम्पनीले संखुवासभा जिल्लामा ४.७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला–२ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी हाल परिक्षण उत्पादन सुरु भएको छ ।
आयोजना निर्माणको कुल लागत १ अर्ब ३१ करोड ९० लाख ७० हजार ४०८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २७ करोड ९४ लाख ६४ हजार ६९ रुपैयाँ रहेको छ । अधिकृत पूँजी ५५ करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रहेको छ ।
आयोजनामा गरिएको साधारण लगानी फिर्ता हुन ९.६४ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुन २७.३६ वर्ष लाग्नेछ । आयोजनाको विद्युत उत्पादन अनुमति २८ वर्ष बाँकी रहेको छ ।
आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ जारी पछि कम्पनीको चुक्ता पुँजी ५४ करोड २५ लाख ८३ हजार रूपैयाँ कायम हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया