मोलुङ्ग हाइड्रोपावरको आईपीओ खुल्यो

0
Shares

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज (फागुन ४ गते) देखि बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणहरुमा २२ लाख ६४ हजार ६५५ कित्ता सेयरको लागि आवेदन खुला गरेको हो ।

कम्पनीले यसघि नै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाहरुलाई सेयर निष्कासन गरी बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, मेरो सेयर सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० देखि अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिने छ । आईपीओ भर्ने अन्तिम दिन फागुन १० गतेसम्म रहेको छ ।

कम्पनीले जारी पूँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोषहरुका लागि र ५४ हजार ५७० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले निर्माण गरेको ७ मेगावाट आयोजनाको प्रति मेगावाट लागत ब्याजसहित २० करोड ८० लाखका हिसाबले कुल १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । आयोजनामा गरिएको साधारण लगानी फिर्ता हुन ८.१० वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने १९.५० वर्ष रहेको छ ।

कम्पनीले ओखलढुङ्गाको मोलुङ गाउँपालिकाको मोलुङ खोलामा सात मेगावाट क्षमताको मोलुङ खोला जलविद्युत् आयोजना निर्माण गरी २०७४ चैत १२ बाट विद्युत् उत्पादन गर्दै नेपाल विद्युत् प्राधिकरणलाई प्रवाह गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ फागुन २०७९, बिहीबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।