ग्लोबल आइएमई बैंकको ११.२६ करोड कित्ता सेयर सुचीकृत, बुधबारदेखि कारोबार खुल्ने
ग्लोबल आईएमई बैंक लिमिटेडको ११ करोड २६ लाख १४ हजार ३३७ दशमलव १७ कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार सूचीकृत भएको छ ।
ग्लोबल आईएमईले गाभेको बैंक अफ काठमाण्डूतर्फको उक्त सेयर आज सुचीकृत भएको हो । ग्लोबलले बिओकेलाई १ः१ को स्वाप रेसियोमा गाभेको हो ।
बैंक अफ काठमाण्डूको सेयर ग्लोबल आईएमई बैंकको नाममा सूचीकृत भएसँगै अब सेयर कारोबार पनि सोही बैंकको नाम र कारोबार संकेतबाट हुनेछ ।
ग्लोबल आईएमई बैंकको यसअघि नै सूचीकृत रहेको २४ करोड ५० लाख ९६ हजार २६१ कित्ता र आज सुचीकृत भएको ११ करोड २६ लाख १४ हजार ३३७ दशमलव १७ कित्ता गरी बैंकमा कुल ३५ करोड ७७ लाख १० हजार ५९८ दशमलव १७ कित्ता सेयर पुगेको छ । चुक्ता पुँजीका आधारमा बैंक सबैभन्दा ठूलो बनेको छ ।
बुधबारदेखि कारोबार खुल्ने
ग्लोबल आईएमई बैंक लिमिटेडको मर्जरपछि बिओके तर्फकाे सेयर आज सोमबार सुचीकृत भएसँगै बैंकको सेयर फागुन १० गते बुधबारदेखि कारोबार हुने भएको छ ।
मंगलबार ग्याल्पो ल्होसारको सार्वजनिक विदा रहेकाले बैंकको सेयर बुधबारदेखि नियमित कारोबारमा आउनेछ । नेप्सेले बैंकको पहिलो कारोबारको लागि सुरुवाती मूल्य २०९.४२ रुपैयाँ निर्धारण गरेको छ ।
📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।