हिमालयन बैंक र सिभिल बैंकले आज (फागुन १२ गते शुक्रबार) देखि संयुक्त कारोबार थाल्ने भएका छन् ।
मर्जर सम्झौताकोसाढे ७ महिनापछि दुई बैंकले एकीकृत कारोबार सुरु गरेका हुन् । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
दुबै बैंकको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए) रिर्पोट अनुसार हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८०.२८ को सेयर स्वाप रेसियोमा प्राप्ती गरेर एकीकृत कारोबार थालेको हो । जसअनुसार सिभिल बैंकको १०० कित्ता सेयर हुने हिमालयन बैंकको ८०.२८ कित्ता सेयर पाउनेछन् ।
एकीकृत बैंकको चुक्ता पुँजी ३४ अर्ब, कुल निक्षेप २ खर्ब ७४ अर्ब, कुल कर्जा लगानी २ खर्ब ५० अर्ब र कुल शाखा संख्या १८९ पुगेको छ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबारको थालेसँगै आफ्नो बैंकिङ्ग सेवालाई नयाँ समय अनुरुप अझ दिगो तथा सशक्त बन्ने विश्वास लिएको छ ।
दुई बैंकलाई एकीकृत कारोबार थाल्ने नेपाल राष्ट्र बैंकले माघ १७ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । दुई बैंकलाई एक महिना ९ फागुन १६ भित्र एकीकृत कारोबार थाल्न केन्द्रीय बैंकले निर्देशन दिएको थियो ।
सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले निरन्तरता पाउनेछन् । मर्जर पश्चात् हिमालयन बैंकको सञ्चालक समितिले नै निरन्तरता पाउनेछन् । फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हिमालयनका अशोक राणा नै रहनेछन् ।
मर्जर पश्चात् हिमालयन बैंकको प्रधान (रजिष्टर्ड) कार्यालय काठमाण्डौं महानगरपालिका वडा नम्बर २८ कमलादीमा रहनेछ । दुबै बैंकले एकीकृत कारोबारका लागि सिस्टम अपग्रेड गर्नका लागि हिमालयन बैंकको २ दिन र सिभिल बैंकको ३ दिन बैंकिङ्ग कारोबार बन्द गरेका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया