मोलुङको आईपीओ बाँडफाँड नतिजा कहाँबाट हेर्ने ?

0
Shares

मोलुङ हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँड भएको छ ।

कम्पनीको आईपीओ धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हुने बाँडफाँडमा २ लाख २६ हजार ४६५ जनाले सेयर हात पारेका छन् । आईपीओमा १४ लाख २४ हजार ३५१ वटा आवेदन परेको थियो । जसमध्ये ७ हजार ५ जनाको आवेदन रद्द भएको छ भने सदर आवेदकमध्ये नै ११ लाख ९० हजार ८८१ जनाले सेयर प्राप्त गर्न सकेनन् ।

कम्पनीको बाँडफाँडको नतिजा केही बेरमा प्रकाशन हुने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । बिक्री प्रबन्धकका अनुसार नतिजा विभिन्न ४ स्थानबाट लगानीकर्ताले हेर्न सक्नेछन् । ति निम्न अनुसार रहेका छन् ।

१. सिडीएससीले आईपीओ नतिजा हेर्नका लाग नै विकास गरेको वेवसाइट

२. बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेवसाइट

३. मेरो सेयरको वेवसाइटमा आईपीओ एप्लीकेशन रिर्पोटबाट

४. आईपीओ निष्कासन गर्ने मोलुङ्ग हाइड्रोपावर कम्पनी

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ फागुन २०७९, शुक्रबार  ११ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।