शुभम् पावरको सेयरमूल्यमा सकारात्मक सर्किट ब्रेक

नोटबजार संवाददाता ।
काठमाण्डौं ।
२३फाल्गुन, २०७९, मंगलवार / Mar 07, 2023 13:00:pm

शुभम् पावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार सुरु भएको कम्पनीको आठौं कारोबारमा सर्किट लागेको हो ।

मंगलबार २६५ रुपैयाँमा कारोबार खुला भएको कम्पनीको आठ कारोबारमा १० प्रतिशतले सेयरमूल्य बढेर प्रतिकित्ता २९१.५० रुपैयाँ मूल्य पुगेको हो ।

‘एसपीएल’ संकेतमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २६५ रुपैयाँमा १० कित्ता कारोबार भएको थियो । त्यसपछिका सेयरमूल्य घटेर दुई कारोबार अड लटमा ८ र २ कित्ता गरी खरिद बिक्री भएको कम्पनीको च्यसपछि २ प्रतिशतका दरले सेयरमूल्य बढ्दै सर्किट लागेको हो ।
कारोबारको १२ः५५ सम्म कुल ८० कित्ता सेयर २२ हजार २२२ रुपैयाँमा खरिद बिक्री भएको छ ।

शुुभम् पावरको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ८८ रुपैयाँ ४८ पैसादेखि अधिकतम २६५ रुपैयाँ ४४ पैसा तोकेको थियो । नेप्सेले दिएको अधिकतम रेन्जबाछ कम्पनीको सेयर कारोबार खुला भएको थियो ।

चुक्ता पुँजीका आधारमा शुभम् पावरले २० करोड मूल्यको २० लाख कित्ता सेयर गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो । आइतबारको स्पेसल प्रि ओपनिङ सेसनमा कम्पनीको अर्डर म्याच नभएपछि सेयर कारोबार हुन सकेको थिएन ।

कम्पनीले सङ्खुवासभाको चैनपुर नगरपालिका–९ स्थित पिलुवा खोलामा ‘पिलुवा खोला साना जलविद्युत् आयोजना’बाट २०६८ साउन १ देखि नौ सय ९० किलोवाट क्षमताको जलविद्युत् उत्पादन गरिरहेको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments