एनआईसी एशिया क्यापिटल सातौं वर्षमा, सेवामा विशेष छुट तथा अफर दिने

0
Shares

एनआईसी एशिया क्यापिटल छैठौं वर्ष पूरा गरि सातौं वर्षमा प्रवेश गरेको अवसरमा क्यापिटलबाट प्रदान गरिने सेवामा विशेष छुट तथा अफर योजना सार्वजनिक गरेको छ ।

क्यापिटल फागुन २२ गते सञ्चालनमा आएको ६ वर्ष पूरा गरेको हो । क्यापिटलको छैठौं वार्षिक उत्सवको अवसरमा क्यापिटलबाट प्रदान गरिने निम्न सेवाहरुमा ६ मा ६ अफर योजना सार्वजनिक गरेको छ । यस्ता छन् क्यापिटलको अफरः–

१. लगानी व्यवस्थापन सेवा अन्तर्गतः

लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकहरुलाई न्यून लागतमा उच्च कोटिको सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलको छैठौं वार्षिक उत्सवको अवसरमा वार्षिक लगानी व्यवस्थापन शुल्क मात्र ६ रुपैयाँ लिई एक वर्षको लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । उक्त अफर योजना मिति २०७९ साल चैत्र मसान्तसम्म सञ्चालन हुने जनाइएको छ ।

२. एनआईसी एशिया म्युचुअल फण्ड सेवा अन्तर्गतः

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना “एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड” को सिस्टमेटिक इन्भेष्टमेन्ट प्लानमा फाल्गुन २२ देखि चैत्र मसान्तसम्म सहभागि हुने इकाईधनीहरुमध्ये ६ जना इकाईधनीहरुले ५०० रुपैयाँ बराबरको क्यापिटलको तर्फबाट एसआईपी रजिष्ट्रर गरी पहिलो किस्ता भुक्तानी गरेका इकाईधनीलाई एसआईपी बुष्टरको सुविधा उपलब्ध गराईनेछ ।

३. संस्थागत परामर्शः

एनआईसी एशिया क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत “ आइडिया टू आईपीओ” सेवा सञ्चालन गरिरहेको छ । जस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको आइडियसन देखि कम्पनी स्थापना, स्केल अप एक्सपान्सन, ग्रोथ, फर्दर एक्सपान्सन हुँदै आईपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पु¥याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । क्यापिटलको छैठौं वार्षिक उत्सवको अवसरमा क्यापिटलबाट उपलब्ध गराउने संस्थागत परामर्श सेवा शुल्कमा ६ वटा व्यक्ति तथा संस्थालाई सेवा शुल्कमा ५० प्रतिशत छुट योजना सार्वजनिक गरेको छ । हाल क्यापिटलले संस्थागत परामर्श अन्तर्गतको सेवा जुन सुकै क्षेत्र तथा जुनसुकै चरणमा रहेका कम्पनीहरुलाई समेत उपलब्ध गराउँदै आइरहेको छ ।

४. निक्षेप सदस्य सेवा अन्तर्गत:

हाल क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियान अन्तर्गत ग्राहकहरुलाई विभिन्न छुट सहित सहज, सरल र उच्च कोटिको ग्राहकमुखी सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ विशेष छुट सहित विभिन्न योजनाहरु सञ्चालन गरिरहेको छ । यस क्यापिटलको छैठौं वार्षिक उत्सवको अवसरमा क्यापिटलले एनआईसी एशिया डिम्याट सेवा अन्तर्गत मिति २०७९ फागुन २२ देखि मिति २०७९ चैत्र मसान्तसम्म सहभागि हुने ग्राहकहरुलाई निम्न अफर योजना सञ्चालन गरेको छ ।

  • एनआईसी एशिया “९९९ लाइफ टाइम डिम्याट योजना ” मा सहभागि खातावालाहरु मध्ये ६ जनालाई ९९९ रुपैयाँ नै क्यासब्याक गर्नेछ ।
  • एनआईसी एशिया“ १ हजार लाइप टाइम मरो सेयर योजना” मा सहभागि मेरो सेयर प्रयोगकर्ताहरु मध्ये ६ जनालाई १ हजार नै क्यास ब्याक गरिदिने ।
  • साथै एकाघरको परिवारका सदस्यमा एउटा खाताबाट अर्को खातामा (बिओ टू बिओ) मार्फत एनआईसी एशिया क्यापिटलमा डिम्याट खाता ट्रान्सफर गर्दा निःशुल्क गरिदिने व्यवस्था समेत मिलाइएको छ ।

५. सेयर रजिष्ट्रार सेवा अन्तर्गत:

हाल क्यापिटलले प्राईभेट कम्पनीहरुलाई समेत सेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराइरहेको छ । छैठौं वार्षिक उत्सवको अवसरमा क्यापिटलले मिति २०७९ चैत्र मसान्त भित्र सहभागि हुने कम्पनीहरु मध्ये एउटा कम्पनीलाई मात्र ६ रुपैयाँमा सेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

६. निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत:

यस्तै क्यापिटलको २०७९ चैत्र मसान्त भित्र आईपीओ तथा हकप्रद सेयर निष्काशन सम्बन्धी सेवा लिन चाहने कम्पनीहरु मध्ये ६ वटा कम्पनीहरुलाई निष्काशन तथा बिक्री प्रबन्ध सेवा शुल्कमा विशेष छुट उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

साथै क्यापिटलको उपलब्ध अफर तथा शर्तहरुको सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको इमेल ठेगाना वा मोवाईल नं. ९८४७ ३४५१०७ मा सोझै सर्म्पक गर्न सकिने जनाइएको छ ।

सातौं वार्षिकोत्सवको अवसरमा क्यापिटलबाट लगानी व्यवस्थापन सेवा लिइरहेका सेवाग्राहीहरु, हितग्राही खाता खोली कारोबार गर्ने खाताधारकहरु, सामूहिक लगानी योजनामा लगानी गरेका इकाईधनीहरु, सेयर रजिष्ट्रार सेवामा आबद्ध कम्पनीहरु तथा नियामक निकायहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा समस्त क्यापिटल परिवारको तर्फबाट हार्दिक कृतज्ञता तथा आभार व्यक्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ फागुन २०७९, मंगलबार  ०९ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।