निक्षेप सदस्य सेवा (डिपि) तथा सेयर रजिष्ट्रार (आरटिएस) सेवा प्रदान गर्दा आईपर्ने विभिन्न किसिमका प्राविधिक तथा व्यवहारिक समस्याहरु र ति समस्याहरुको सम्भावित समाधानहरु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल मर्चेन्ट बैंकर्स संघले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको समन्वयमा मर्चेन्ट बैंकरहरुद्वारा आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दा आइपर्ने समस्याहरुबारे सबै डिपि तथा सेयर रजिष्ट्रार सेवा प्रदायक संस्थाहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
अन्तरक्रिया कार्यक्रम मार्फत डिपि तथा सेयर रजिष्ट्रार सेवा प्रदान गर्दा आईपर्ने प्राविधिक तथा व्यवहारिक कठिनाईहरुमा केन्द्रित भई सामूहिक रुपमा अन्तरक्रिया गरी के–कसरी सो सम्स्याहरुको समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल छलफल भएको हो । यस्तै आफ्नो ग्राहकहरुलाई कसरी छिटोछरितो रुपमा गुणस्तरीय सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा समेत अन्तरक्रियामा छलफल भएको छ ।
काठमाडौंस्थित नेपाल हाउस रेष्टुरेन्ट, हात्तिसारमा फागुन २६ गते शुक्रबार सम्पन्न भएको सो कार्यक्रममा २५ डिपि तथा सेयर रजिष्ट्रार सेवा प्रदायक संस्थाहरुबाट ४६ जना कर्मचारीहरुको सहभागिता थियो ।
डिपि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुले नियमनकारी निकायबाट तोकिएका नीती नियम, कार्यविधी तथा समयसमयमा जारी हुने निर्देशन बमोजिम नियमनकारी निकायले दिएको प्रणाली प्रयोग गरी आफ्नो ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । यसमा दैनिकजसो मर्चेन्ट बैंकर तथा सिडिएस बीच सम्मन्वय भई कार्य हुने गर्दछ । सबै मर्चेन्ट बैंकिङ्ग संस्थाहरुले प्रदान गर्ने सेवाहरु एकै किसिमको हुने भएको हुनाले दैनिक कार्यसञ्चालनमा, सबै डिपि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुले एकै किसिमका प्राविधिक तथा व्यवहारिक समस्याहरु व्यहोर्नुपर्ने हुन्छ र नियमितजसो सिडिएससंग अलग अलग रुपमा सम्पर्कमा रहने गरिन्छ ।
सो कार्यक्रमलाई प्रभावकारी तथा फलदायी बनाउनको निमित्त स्रोत व्यक्तिको रुपमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको तर्फबाट सूचना प्रविधि विभागका विभागिय प्रमुख तथा सहायक प्रबन्धक आदरणीय सुरेश न्यौपाने रहेका थिए । यस्तै सिडिएससीमा कार्य सञ्चालन विभाग तथा गुनासो व्यवस्थापन विभागमा अधिकृतको रुपमा कार्यरत देवराज रिजाल र नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष तथा सनराईज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठको उपस्थिति रहेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया