धितोपत्र बजारमा लाग्दै आएको कमिसन घटाउन सेयर लगानीकर्ताहरुको माग

नोटबजार संवाददाता ।
काठमाण्डौं ।
१५चैत्र, २०७९, बुधबार / Mar 29, 2023 17:52:pm

सेयर लगानीकर्ताहरुले नेपालमा धितोपत्रको कारोबारमा विश्वमै नभएको चर्को कमिसन लाग्दै आएको भन्दै त्यसलाई घटाउन माग गरेका छन् । सेयर बजारमा क्रियाशिल तीन लगानीकर्ताका संगठनहरुले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो मा गरेका हुन् ।

पूँजीबजार सुधारका हरेक निर्णयमा लगानीकर्ताले साथ दिने भन्दै उनीहरुले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई काम गर्न अनुरोध गरेका छन् ।

नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले अहिलेको ब्रोकर कमिसन पनि धेरै रहेको बताउँदै नियामक निकायसँग ब्रोकर कमिसन घटाउनुपर्ने माग राखेका हुन् ।  कार्यक्रममा रौनियारले कमिशन घटाउन घाटामा पनि कर तिर्नुपर्ने अवस्था अत्य गर्न गरेका छन् । साथै अल्पकालीन लगानीकर्तालाई लगाइँदै आएको ७.५ प्रतिशत पुँजीगत लाभकर घटाएर ५ प्रतिशतमा झार्नुपर्ने उनले बताए । लगानीकर्ताहको लगानी आधा भैसकेको, विभिन्न प्रकारका कमिसन तिर्नुपर्ने अवस्था, यथासक्य चाँडो लगानीकर्ताहरुको माग सम्बोधन गर्नुपर्ने उनको भनाई थियो । 

यस्तै उनले छिटोभन्दा नयाँ स्टक एक्सचेन्ज, नयाँ ब्रोकर ल्याउन र कमोडिटी एक्सचेन्ज ल्याउन समेत माग गरे । नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर नेपाली पूँजीबजारका लागि कोशेढुंगा सावित हुने उनको दाबी थियो । यस्तै सर्ट सेल, इन्ट्रो डे कारोबार र अक्सन मार्केट सञ्चालनमा ल्याउन माग गरे ।

पुँजीबजार सुधार र विकासका लागि सरकारले तत्कालै गैरआवासीय नेपालीलाई पनि पुँजीबजारमा भित्र्याएर राट्र बैंक, अर्थमन्त्री र धितोपत्र बोर्डले मिलेर काम गर्नुपर्ने उनले सुझाव दिए । उनले कुल जनसंख्याको १६ देखि १८ प्रतिशत पुँजी बजारमा आबद्ध रहेकाले पुँजी बजारको सुधारमा हरेक मुद्दा मामिलामा लगानीकर्ताहरुले साथ रहने उनले बताए ।

नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघको संयुक्त आयोजनामा आयोजना भएको लगानीकर्ता अन्तरक्रिया कार्यक्रममा शेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष तारा प्रसाद फुल्लेलले नेपालमा सेयर कारोबार गर्दा विश्वमै नभएको चर्को कमिशन लिने गरिएको भन्दै कमिशन घटाउन पनि माग गरेका छन् । उनले नेपालमा विश्वमै नभएको चर्को कमिसन लाग्ने गरेको भन्दै कमिशन घटाउने काम कहाँ पुग्यो भनेर प्रश्न समेत गरे ।

उनले ब्रोकर रहित सेयर कारोबारको माग गरे । ‘ब्रोकर रहित कारोबर किन गर्न सकिएन ? हामी ब्रोकर रहित कारोबार हुने सुनिश्चित गर्न माग गर्दछौँ’ उनले भने । पुँजी बजारलाई सुधार गर्न सकिने अर्थतन्त्र पनि सुधार भएर जाने उनले बताए ।

नेप्सेमा बैंक र बीमा कम्पनीहरुजस्तै वास्तविक क्षेत्रका कम्पनीहरुलाई पनि भित्र्याउनुपर्ने भन्दै उनले भने, “नेप्सेमा बैंक, इन्स्योरेन्स जस्तै अन्य क्षेत्रका कम्पनीहरुलाई ल्याउनुपर्छ । अरु सेक्टरहरुलाई ल्याउन हामीले ढिलाइ गरिरहेका छौं, कहाँनिर बाधा छ ? लगानीकर्ताहरुले तपाइहरुलाई कहाँनिर साथ दिनुपर्ने हो ? धितोपत्र बोर्डसँग हातेमालो गरेर लगानीकर्ता अगाडि बढ्न तयार छ । यो बारेमा पनि यहाँहरुले छिटोभन्दा छिटो कदम चालिदिनुहोला भनेर अनुरोध गर्न चाहन्छु ”

उनले संसदको अर्थ समितिले सेयर बजार अगाडि जाँदा रोक्ने मात्र काम गरिरहेको भन्दै बजारको गिरावटमा भने चुप बस्ने गरेकोप्रति आक्रोश पोखे । उनले भने, ‘अर्थ समिति भनेको बजारलाई अग्रगमन जानका लागि रोक्नका लागि मात्र हो कि अथवा अर्थ समितिले बजार यो स्थितिमा आउँदाखेरि राज्यलाई झक्झकाउनु काम पनि गर्नुपर्ने हो ?

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments