चलनचल्तिमा नोट साढे ३ अर्बले बढ्यो, फागुनमा विदेशी सञ्चिति १५ अर्बले थपियो

0
Shares

चालु आर्थिक वर्षको फागुन अर्थात ८ महिनासम्ममा ६ खर्ब १५ अर्ब ३९ करोड रुपैयाँ बराबरका नोटहरु चलनचल्तिमा रहेका छन् । चलनचल्तिमा रहेका नोटले गत असार अन्तिमको तुलनामा ३ अर्ब ३६ करोड ५० लाख रुपैयाँ बराबरको नोटहरु थप भएका हुन् ।

गत असार अन्तिमसम्ममा ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख रुपैयाँ बराबरका नोटहरु चलनचल्तिमा थिए । कोरोनाको समयमा डिजिटल बैंकिङ कारोबार बढेर चलनचल्तिका नोट घटेको भएपनि पछिल्लो समयमा नगदको कारोबार बढेको हो । औपचारी अर्थतन्त्रमा डिजिटल बैंकिङ कारोबार बढेपनि अनौपचारिक कारोबार भने नगदमै हुने भएकाले पनि नोटको प्रयोग बढेको हो ।

कोरोनाको अवधिमा अनौपचारिक अर्थतन्त्रको गतिविधि पनि सुस्त थियो । तर, आर्थिक गतिविधि बढेसँगै अनौपचारीक अर्थतन्त्रले पनि गति लिन थाल्यो । त्यसकारले पनि बजारमा नोटको प्रयोग बढेको हो ।

त्यसैगरी माघ महिनाको तुलनामा फागुनमा विदेशी मुद्राको सञ्चिति समेत १५ अर्ब ३० करोड ६३ लाख रुपैयाँले बढेको छ । २०७९ असार मसान्तसमा ११ खर्ब ४४ अर्ब ६४ करोड रहेको विदेशी मुद्रा फागुन महिनासम्ममा आइपुग्दा बढेर १३ खर्ब ३९ अर्ब ८८ करोड पुगेको छ । गत माघ मसान्तसम्ममा यस्तो रकम १३ खर्ब २४ अर्ब ५९ करोड रुपैयाँ बरावरको रहेको केन्द्रीय बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार फागुन महिनासम्ममा बैंकहरुसँग ब्यालेन्स १ करोड रहेको छ भने सरकारी ऋणपत्रमा गरेको लगानी १ खर्ब २० अर्ब ३२ करोड रुपैयाँ रहेको छ । यो अवधिमा केन्द्रीय बैंकले बण्ड तथा निक्षेपमा ६ अर्ब ५३ करोड रुपैयाँ लगानी गरेको छ ।

यस्तै चालु आवको फागुनसम्ममा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई ५४ अर्ब ४१ करोड रुपैयाँ कर्जा तथा सापट दिएको छ । यो अवधिमा केन्द्रीय बैंकसँग १ अर्ब ६१ करोड रुपैयाँ बराबरको इन्भेन्ट्री रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आवको फागुनसम्ममा केन्द्रीय बैंकसँग बैंक वित्तीय संस्थाको निक्षेप २ खर्ब २ अर्ब १४ करोड रहेको छ भने सरकारको निक्षेप एक खर्ब ८२ अर्ब ३२ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । चालु आवको ८ महिनासम्ममा केन्द्रीय बैंकको अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सम्बन्धित दायित्व ११ अर्ब ८ करोड रुपैयाँ बराबरको रहेको छ ।

चुक्ता पुँजी ५ अर्ब रहेको केन्द्रीय बैंकको सञ्चितिमा ४ खर्ब ६२ अर्ब २ करोड रुपैयाँ रहेको छ । गत असारमसान्तसम्ममा केन्द्रीय बैंकको सञ्चिति ४ खर्ब २ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १५ चैत २०७९, बुधबार  १८ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।