रिडी पावर कम्पनी लिमिटेडको चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर चैत १६ गते बिहीबार सुचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको ४४ लाख २५ हजार ४३२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा आज सुचीकृत बोनस सेयर साधारण सभाका लागि तोकिएको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भई कायम रहेका सम्बन्धीत सेयरधनीहरुको डिम्याट खातामा आएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।
माघ २९ गते सम्पन्न भएको २१ औं वार्षिक साधारण सभाका लागि कम्पनीले माघ १८ गते सेयरधनी दर्ता किताब बन्द गरेको थियो । बुकक्लोजको आधारमा माघ १७ गतेसम्म कायम सेयरधनीले मात्र उक्त बोनस पाउनेछन् ।
सभाले चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.१० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया