आन्तरिक राजस्व कार्यालय हेटौंडाले संकलन गर्यो लक्ष्यभन्दा कम राजस्व

0
Shares

आन्तरिक राजस्व कार्यालय हेटौंडाले चालु आर्थिक वर्षको ९ महिनामा ४ अर्ब ४ करोड ३८ लाख राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको राजस्व सङ्कलन लक्ष्य ४ अर्ब ३५ करोड ९ लाख ४० रहेकामा सो कार्यालयले उक्त अवधिमा ४ अर्ब ४ करोड ३८ लाख राजस्व सङ्कलन गरेको जनाइएको छ । लक्ष्यको तुलनामा झन्डै ३१ करोड कम राजस्व सङ्कलन भएको हो ।

कार्यालयका सूचना अधिकारी अवधेश कुमार यादवका अनुसार कार्यालयले सो अवधिमा आयकरवापत ५८ करोड ५९ लाख २१ हजार, घरवहाल करवापत १ करोड २ लाख ८४ हजार, ब्याज करवापत ४ करोड ७३ लाख ९ हजार, मूल्य अभिवृद्धि करवापत ६० करोड १६ लाख १३ हजार, स्वास्थ्य करवापत ४२ करोड १३ लाख ५२ हजार तथा शिक्षाकर वापत ४ हजार राजस्व सङ्कलन भएको जानकारी दिएको छ ।

बजार व्यवसायमा आएको कमी, उद्योगहरूको उत्पादन, बिक्री घट्नु र विकास निर्माणका कमीले लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ चैत २०७९, शुक्रबार  १७ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।