नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष पदको लागि भएको मतदानको एसोसिएटतर्फ सबै मतगणना सम्पन्न भएको छ ।
एसोसिएटतर्फको मतगणना सकिँदा रामचन्द्र संघई ६१३ मत ल्याउँदै शीर्ष स्थानमा रहेका छन् । दोस्रो स्थानमा रहेका अन्जन श्रेष्ठले ५७३ मत प्राप्त गरेका छन् । तेस्रो मत पाएका उमेशलाल श्रेष्ठले ४२६ मत प्राप्त गरेका छन् ।
प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेलका अनुसार बुधबार भएको निर्वाचनमा एसोसिएटतर्फ वरिष्ठ उपाध्यक्ष पदका लागि १ हजार ६३० मत खसेको थियो । जसमध्ये १८ मत बदर भएका छन् ।
अब केही बेरमा वरिष्ठ उपाध्यक्षका लागि वस्तुगत र जिल्ला–नगरतर्फको मतगणना सुरु हुनेछ ।
एसोसिएटतर्फ संघईले प्राप्त गरेको मत कुल खसेको मतको ३७.६१ प्रतिशत हो । एशोसिएट्सलाई आधार मान्दा वस्तुगत र जिल्ला–नगरतर्फबाट कुनै चमत्कार नभएको खण्डमा बरिष्ठ उपाध्यक्षको निर्वाचन दोस्रो चरणमा प्रवेश गर्ने छ । त्यसपछि तेस्रो हुने उम्मेदवारले जुन उम्मेदवारलाई सघाउँछ उसैले निर्वाचन जित्ने छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया