एसबिआई क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच परियोजनामा लगानी, सिन्डिकेशन र परियोजना मूल्याङ्कन र वित्तीय परामर्शका लागि समझदारी सम्पन्न भएको छ ।
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच कर्पाेरेट कार्यालय, नेपाल एसबिआई बैंक लिमिटेड काठमाडौं नेपालमा वैशाख ३ गते आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
उक्त समझदारी पत्रको प्रमुख लक्ष्य परियोजनामा लगानी, सिन्डिकेशन र परियोजना मूल्याङ्कन र नेपालमा अन्य वित्तीय परामर्श सेवाहरु लगायतका विविध सम्भावित अवसरहरुको लागि पारस्पारिक रुपमा महत्वपूर्ण विषयमा तालमेल खोज्नु र देशमा विभिन्न परियोजनाको पहिचान, सञ्चालन र कार्यान्वयन गर्नु आदि रहेको छ । नेपालमा विशेषगरी जलविद्युत परियोजना लगायतका पूर्वाधार क्षेत्रमा तीव्र गतिमा कार्यहरु बढेको छ र जसमा परियोजना लगानी एवं अन्य वित्तीय परामर्श क्षेत्रहरुमा विशेषज्ञ परामर्श सेवाको आवश्यकता महसुस गरिएको छ ।
उक्त समझदारी पत्रमा एसबिआई क्यापिटल मार्केट्सको तर्फबाट कार्यकारी उपाध्यक्ष मुकुल मोदी तथा नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देबराज अधिकारीले हस्ताक्षर गरेका छन् ।
समझदारी पत्रमा हस्ताक्षर गर्न पाउँदा दुबै पक्षले गर्वित महसुस गर्नुका साथै यो साझेदारीले दुबै संस्थाको पारस्परिक लाभ र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
उक्त हस्ताक्षर कार्यक्रम भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खारा, भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक सि. एस. सेट्टी, एसबिआई क्यापिटल मार्केट्सका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत अमिताभ चटर्जी, नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सल तथा अन्य सञ्चालकहरु, नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे तथा एसबिआई बैंक, एसबिआई क्यापिटल मार्केट्स लिमिटेड एवं नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अन्य वरिष्ठ व्यक्तिहरुको उपस्थितिका बीच सम्पन्न भएको हो ।
एसबिआई क्यापिटल मार्केट्स लिमिटेड भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो भने नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया