प्रांगणमा गरिएको धर्नाप्रति टेलिकमको कुनै सरोकार नरहने

0
Shares

नेपाल टेलिकम, केन्द्रीय कार्यालयको प्रांगण बाहिर विभिन्न माग राखिरहेको गरिँदै आएको धर्ना प्रति कम्पनीको कुनै सरोकार नरहने टेलिकमले जनाएको छ ।

विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई प्रतिस्पर्धाका आधारमा हाल अर्को सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराउन थालेपछि पुरानो सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्रांगण बाहिर विभिन्न माग राखिरहेको टेलिकमले जनाएको हो ।

नेपाल टेलिकमका प्रवक्ता टेलिकम शाोभन अधिकारीका अनुसार नेपाल टेलिकमले सेवा विस्तार, मर्मत सम्भार लगायतका कम्पनीको सेवा प्रवाह तथा कार्य सञ्चालनका लागि आवश्यकता बमोजिम विभिन्न समयमा विभिन्न सेवा प्रदायक कम्पनीसँग प्रचलित नियम÷कानुन बमोजिम सम्झौता गरी निश्चित समय तथा कार्य तोकी आवश्यक सेवा लिने गरेको छ ।

सो सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै उक्त सेवा प्रदायक कम्पनीहरुसँगको दायित्व पनि समाप्त हुने व्यवस्था छ । तर हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भएको अवस्थामा ती कम्पनीमा कार्यरत जनशक्तिले विभिन्न माग राखि धर्ना गरिरहेको हो ।

जसमा विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भएको अवस्थामा नेपाल टेलिकमको कुनै सरोकार नरहने उनको भनाई छ । टेलिकमले केही दिन पहिले प्रतिस्पर्धाका आधारमा नयाँ सेवा प्रदायक कम्पनीसँग सेवा दिँदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ४ वैशाख २०८०, सोमबार  १४ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।