संयुक्त राज्य अमेरिकाले हरेक वर्ष सञ्चालन गर्दै आएको डाभर्सिटी भिसा कार्यक्रम अन्तरगत सन् २०२४ को लट्री नतिजा नेपाली समय अनुसार शनिबार राती सार्वजनिक हुने भएको छ ।
युएस डिपार्टमेण्ट अफ स्टेट्सका अनुसार सन् २०२४ को डिभि लट्रीको नतिजा मे ६ तारिखका दिन इष्टर्न डे लाइट टाइम को मध्यान्हमा सार्वजनिक हुनेछ । उक्त समयमा नेपालमा मध्य रात हुनेछ ।
नेपाल लगायत विश्वभरका डिभिका आवेदकहरुले इलेक्ट्रोनिक डाइभर्सिटी भिसा प्रोग्रामको आधिकारिक वेबसाइटमा गएर आफ्नो कन्फरमेशन नम्बर राखी नतिजा हेर्नुपर्ने हुन्छ ।
युएस डिपार्टमेण्ट अफ स्टेट्स कन्सुलर अफेयर्सका अनुसार कुनै पनि आवेदकलाई इमेल वा अन्य कुनै माध्यमबाट डिभि लट्रीमा छनौट भएको सूचना प्रवाह गरिने छैन । हरेक आवेदकले माथि उल्लेख भए अनुसार नतिजा हेर्नुपर्ने बताइएको छ ।
युएस डिपार्टमेण्ट अफ स्टेट्स कन्सुलर अफेयर्सले डिभि भिसाका आवेदकहरुलाई सन् २०२३ को सेप्टेम्बर ३० तारिखसम्म आफ्नो कन्फरमेशन नम्बर सुरक्षित राख्न आग्रह गरेको छ । विभिन्न चरणमा लट्रीको नतिजा सार्वजनिक हुने भएकाले कन्फरमेशन नम्बर सुरक्षित राख्न आग्रह गरिएको हो ।
सन् २०२२ को अक्टोबर १९ अर्थात गत असोज १९ गते बुधबारबाट खुला भएको डिभि भिसाको आवेदन नोभेम्बर ८ अर्थात कात्तिक २२ गतेसम्म खुल्ला गरिएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया