नियामकिय मापदण्ड पालना नगर्ने चार विकास बैंक राष्ट्र बैंकको कारबाहीमा

नोटबजार संवाददाता
काठमाण्डौं ।
८जेष्ठ, २०८०, सोमबार / May 22, 2023 11:07:am

नेपाल राष्ट्र बैंकले नियामकिय मापदण्ड पूरा नगर्ने चार विकास बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै चार विकास बैंकलाई नगद जरिवाना गरेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमास अर्थात चैत मसान्तमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगर्ने कर्पोरेट डेभलपमेन्ट, सालपा विकास, नारायणी डेभलपमेन्ट र सप्तकोशी डेभलपमेन्ट बैंकलाई नगद जरिवान गरेको छ ।

राष्ट्र बैंकले तेस्रो त्रैमासमा कर्जा निक्षेप अनुपात सीमाभन्दा बढी भएको कर्पोरेट डेभपमेन्ट बैंकलाई १ लाख ९६ हजार २६५ रुपैयाँ, सालपा विकास बैंकलाई १ लाख १० हजार ६६२ रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकलाई २ लाख ५१ हजार ३२४ रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकलाई १९ लाख ३६ हजार ६३५ रुपैयाँ नगद जरिवान गरेको छ ।

त्यसैगरी नारायणी डेभलपमेन्ट बैंकले प्रथम, दोस्रो र तेस्रो त्रैमासमा अनिवार्य नगद मौज्दात सीमा नपुर्याएको भन्दै नगद जरिवाना गरको छ । नारायणीलाई प्रथम त्रैमासमा ३ हजार ९४८ रुपैयाँ, दोस्रो त्रैमासमा ६३ हजार ७८२ तथा तेस्रो त्रैमासमा १ लाख ८ हजार ७७० रुपैयाँ जरीवाना गरेको राष्ट्र बैंकले जनाएको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments