नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कोशी प्रदेशको विर्तामोड र इटहरी, मधेश प्रदेशको बिरगंज र मिर्चैया, बागमती प्रदेशको नारायणघाट, भक्तपुर र काठमाडौँ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगंज, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको टीकापुर र अत्तरिया गरि कुल १३ वटा स्थानमा कार्यक्रम आयोजना गरिएको इन्स्योरेन्सले जनाएको छ ।
उल्लेखित सबै स्थानमा गरी ६ हजारभन्दा बढी अभिकर्तालाई तालिम प्रदान गर्नुका साथै हरेक शाखा तथा उप शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने करिव १ हजार जना अभिकर्ताहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।
बैशाख ७ गते विर्तामोडमा ४०० जना, बैशाख ९ गते इटहरीमा ४५० जना, बैशाख १४ गते मिर्चैयामा ५७० जना, बैशाख १६ गते बिरगंजमा ४५० जना, बैशाख १८ गते नारायणघाटमा ४६० जना, बैशाख २२ गते भक्तपुरमा ५०० जना, जेठ ५ गते काठमाडौँमा ७०० जना, जेठ ९ गते सुर्खेतमा ३५० जना, जेठ ११ गते नेपालगंजमा ३४० जना, जेठ १३ गते टिकापुरमा ३६० जना, जेठ १५ गते अत्तरियामा ५५० जना, जेठ २० गते बुटवलमा ५५० जना र जेठ २२ गते पोखरामा ४०० जना गरि कुल ६ हजार ८० जना अभिकर्ताहरुले तालिम प्राप्त गरेको कम्पनीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया