नेशनल हाइड्रोको हकप्रदमा कति पर्‍यो आवेदन ?

0
Shares

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रदमा सर्वसाधारणबाट ६० करोड ३७ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले कुल ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला थियो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिन साउन १८ गते बिहीबारसम्म कम्पनीको हकप्रदमा २७ हजार ७४४ वटा आवेदन मार्फत ६० लाख ३७ हजार २५ कित्ताको माग परेको हो । कम्पनीले असार २९ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत (१० बराबर नयाँ ५ कित्ता) ले हुन आउने ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको थियो । यो तथ्याङ्कका आधारमा हेर्दा २१ लाख ८४ हजार ४३४ कित्ताका लागि कम आवेदन परेको हो ।

जेठ ३२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुका लागि जारी भएको कम्पनीको हकप्रद मुक्तिनाथ क्यापिटल मार्फत निष्कासन भएको थियो ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ साउन २०८०, शुक्रबार  १७ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।