एनआईसी एशिया बैंकले दशैं अघि नै लाभांश पारित गर्ने, बुकक्लोज कहिले ?

0
Shares

एनआईसी एशिया बैंक लिमिटेडले लगानीकर्तालाई दशैंअघि नै सेयरधनीलाई लाभांश दिने भएको छ ।  गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकले दशै अघि नै लाभांश पारित गर्ने गरी सभा बोलाएको छ ।

असोज ५ गते बिहान ११ बजे बसेको बैंकको सञ्चालक समितिको ६३० औं बैठकले असोज २८ गते आइतबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ९ बजे छब्बीसौं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको कम्पनी सचिव दिपेन कार्कीले जानकारी दिए ।

छब्बीसौं वार्षिक सभाले सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले प्रस्ताव गरेको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको २९ प्रतिशतले हुन आउने ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६ रुपैयाँ बराबरको बोनस सेयर र १७ करोड ६५ लाख ३ हजार २४० रूपैयाँ गरी कुल ३अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँ बराबरको नगद लाभांश अनुमोदनको प्रस्ताव पारित गर्नेछ।

साथै सभाले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १६ गते मंगलबारदेखि २८ गते आइतबारसम्म सेयर दाखिल खारेज दर्ता बन्द (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोजका आधारमा असोज १५ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ५ असाेज २०८०, शुक्रबार  १७ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।