मोबाइल वालेट ईसेवाको आधिकारिक प्रतिनिधि बताउँदै १५ लाख २० हजार ९०१ रुपैयाँ ठगी गर्ने पाँच जना पक्राउ परेका छन् ।
रौतहटको गौर नगरपालीका चार जना र गढीमाई नगरपालीकाबाट एक गरी कुल पाँच जनालाई पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । ठगी गर्ने कार्यमा संलग्न पाँचै जना ब्यक्तिहरुलाई रौतहट जिल्लाको विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा पक्राउ गरिएको प्रहरीले जनाएकाे हो ।
कार्यालयका अनुसार रौतहट गौर नगरपालिका वडा नम्बर ५ का २६ वर्षिया नवनित कुमार कुशवाहा, २१ वर्षिया कन्हैया कुमार कुशवाहा, २० बर्षिया अभय कुमार यादव र २१ बर्षिया रितेश कुशवाहा रहेका छन् । यस्तै रौतहट जिल्ला गढिमाई नगरपालिका वडा नम्बर ६ का १९ बर्षिया दिपेन्द्र कुमार यादव रहेका छन् ।
उनीहरुले १८ जना पीडित व्यक्तिहरुलाई बिभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी आफू ईसेवाको आधिकारीक कर्मचारी हुँ भन्दै ईसेवा आईडी बैंक खातासँग लिङ्क अप तथा खाता नविकरण, केवाईसी फर्म अपडेट, स्टेटमेन्ट भेरिफाइ, सेक्युर ट्रान्फर चार्ज नलाग्ने, ५० प्रतिशत क्यासब्याक रकम उपलब्ध गराईदिन्छु भनि बिश्वास दिलाई झुक्यानमा पारेर ठगी गरेको प्रहरी उपरीक्षक तथा प्रवक्ता रविन्द्र रेग्मीले बताए ।
पीडितहरुकै मोबाईल नम्बरमा वान टाइम पासर्वड( ओटीपी) पठाई उक्त कोर्ड मागी ईसेवाका सेवाग्राहीहरुकै वालेट आईडी तथा लिङ्कअप गरिएका बैंक खाताहरुमा समेत अनाधिकृत रुपमा पहुँच र्पुयाई खातामा भएको रकम विभिन्न बैंक खाता तथा वालेटहरुमा ट्रान्सफर गरेका भुक्तानी लिएका थिए ।
ठगी सम्बन्धि कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौंमा पठाईएको प्रवक्ता रेग्मीले जानकारी दिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया