राष्ट्र बैंक र महासंघबीच अध्ययन अनुसन्धान एवं नीति निर्माणमा सहकार्य गर्न समझदारी

0
Shares

बृहद आर्थिक नीति निर्माण र औद्योगिक एवं व्यवसायिक वातावरण सुदृढ बनाउन नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच सझदारी भएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल लगायत पदाधिकारीहरुको उपस्थितिमा महासंघका राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ र महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार राष्ट्र बैंक र महासंघले विविध विषयमा तथ्य र तथ्यांकमा आधारित अध्ययन अनुसन्धान गर्नेछन् । यस सम्झौताले राष्ट बैंक र महासंघबीच हातेमालो गर्ने अवसर सिर्जना गरेको र आगामी दिनमा नीति निर्माणमा निजी क्षेत्रको सहभागिता बढ्ने गभर्नर अधिकारीले विश्वास व्यक्त गरे ।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रसँग केन्द्रीय बैंकको सहकार्यका लागि धन्यवाद दिँदै आगामी दिनमा वास्तविकतामा आधारित नीति निर्माण गर्न सहयोग पुग्ने बताए । साथै यसले सही सूचना प्रवाहित हुने विश्वास पनि उनले व्यक्त गरे ।

समझदारी अनुसार राष्ट्र बैंकले समय समयमा गर्ने अध्ययनमा महासंघ र सदस्य संस्थाहरुले आवश्यक सूचना एवं जानकारी उपलब्ध गराउने छ भने महासंघले गर्ने अध्ययनमा राष्ट्र बैंकको प्राविधिक सहयोग प्रदान गर्नेछ । साथै आवश्यकता अनुसार संयुक्त अध्ययन अनुसन्धान पनि हुनेछ । समझदारी कार्यान्वयनका लागि सहजीकरण सेल निर्माण हुनेछ भने समझदारी पाँच वर्षसम्म लागु हुनेछ ।

राष्ट्र बैंकमा आयोजित हस्ताक्षर कार्यक्रममा राष्ट्र बैंकका डेपुटि गभर्नर डा.क निलम ढुंगाना, महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठको उपस्थिति थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १७ कात्तिक २०८०, शुक्रबार  १६ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।