चिलिमे हाइड्रोपावरको खुद नाफा पौने २१ करोड

0
Shares

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २० करोड ८७ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा २० करोड ७८ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको नाफा ०.४२ प्रतिशत बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी घटेको छ । कम्पनीले विद्युत बिक्री मार्फत असोज मसान्तसम्ममा ३४ करोड २८ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ३५ करोड ५८ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेकोमा ३.६६ प्रतिशत घटेको हो । कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा १४.८२ प्रतिशत घटेर ३ करोड ३३ लाख ७४ हजार कायम छ ।

चिलिमेको चुक्ता पुँजी ७.५० प्रतिशत बढेर ७ अर्ब २५ करोड ८१ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको रिटेन्ट अर्निङ्ग ३.२७ प्रतिशत घटेर ३ अर्ब ५० करोड ८३ लाख ४१ हजार रुपैयाँमा संकुचित बनेको छ ।

असोज मसान्तसम्ममा कम्पनीको प्रति सेयर आम्दानी ८१ पैसा घटेर ११ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ३४ पैसा छ । मूल्य आम्दानी अनुपात ४१.०४ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।