इसेवा मार्फत एनसेल नम्बरमा टपअप गर्दा प्लेस्टेशन फाइभ जित्न सकिने


भुक्तानी सेवा प्रदायक इसेवा मार्फत एनसेलका कुनैपनि मोबाईल नम्बरमा टपअप गर्दा आकर्षक पुरस्कार जित्न सकिने अफर ल्याएको छ ।

इसेवा मार्फत एनसेल मोबाईलमा जनवरी महिना अवधीभर ६०० सय रूपैयाँ भन्दा बढिको टपअप गर्दा प्लेस्टेशन फाइभ जित्न सकिने अफर सुरु गरिएको इसेवाले जनाएको छ ।

यसका अलवा अन्य थुप्रै पुरस्कार जित्न सकिने अफर इसेवाले सार्बजनिक गरेको छ । साथै २०० भन्दा माथिको रिचार्ज गर्ने व्यक्तिले हरेक हप्ता आकर्षक उपहार जित्न सकिनेछ । यो योजना अंग्रेजी महिनाको जनवरी अन्तिम सम्म लागु हुनेछ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओएस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढी ग्राहकलाई एपमार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।