सुनको भाउ ३०० रुपैयाँ बढ्यो, तोलाकै १ लाख २९ सय रुपैयाँ

0
Shares

सुनको भाउ बुधबार बढेको छ । नेपाल नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको तुलनामा सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो । यस्तै चाँदीको भाउ पनि बुधबार १० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य १ लाख २ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४०० रुपैयाँ रहेको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज चाँदीको भाउ मंगलबारको तुलनामा १० रुपैयाँ भाउ घटेर १ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

महासंघका अनुसार मंगलबारका छापावाल सुनको मूल्य १ लाख २ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदी १ हजार ४१० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने सुनचाँदीको मूल्यका आधारमा नेपाली बजारमा महासंघले दैनिक सुन तथा चाँदीको भाउ तोक्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस १८४५ डलर र चाँदी प्रति औंस २४.०९ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।