मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (पुस २० गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले पुस २१ गते बुकक्लोज गर्दैछ । बुकक्लोज अनुसार लाभांश पाउन तथा साधारण सभामा भाग लिन आजसम्म सेयरधनी भैसकेको हुनुपर्छ ।

कम्पनीले पुस ३० गते बोलाएको साधारण सभाले चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने २ करोड ९४ लाख १ हजार ८४५ रुपैयाँ बराबरको नगद लाभांश पारित गर्दैछ । कम्पनीले अनुपम फुडल्याण्ड एण्ड ब्याङ्कवेट, बत्तिसपुतलीमा बिहान ११ बजे नवौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले संस्थापक समूहबाट ४, सर्वसाधारण समूहबाट २ तथा स्वतन्त्र सञ्चालक १ जना गरी ७ जना सञ्चालकको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्त प्रस्तावहरु पनि पारित गर्ने एजेण्डा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।