स्वरोजगार र समता घरेलुबीच मर्जर सम्झौता, आधारभूत सेयरधनीको रोकियो कारोबार

0
Shares

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र समता घरेलु लघुवित्त बीच मर्जर सम्झौता भएको छ । दुई लघुवित्तबीच पुस १८ गते सोमबार एक आपसमा गाभ्ने तथा गाभिने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

मर्जर सम्झौतापश्चात दुबै कम्पनीको पुस १९ गते मंगलबारदेखि नै आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का भएको छ । एक प्रतिशतभन्दा कम सेयर धारण गर्ने सेयरधनीको भने कारोबार सुचारु रहेको छ ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ३ र ७ मा भएको व्यवस्था बमोजिम दुवै संस्थाको आधारभूत शेयरधनीहरुको सेयर कारोबार रोक्का राखिएको नेप्सेले जनाएको छ ।

समता घरेलु लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ७ मा र स्वरोजगार लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको वडा नं ५ मा रहेको छ ।

चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार स्वरोजगार लघुवित्तको चुक्ता पुँजी ५१ करोड ४० लाख ९९ हजार १२१ रुपैयाँ, जगेडा कोष १३ करोड ९३ लाख २२ हजार, सेयरधनी कोष १८ करोड १६ लाख २२ हजार र खुद नाफा २ करोड ७६ दाख ३१ हजार रुपैयाँ रहेको छ ।

यस्तै समता घरेलु लघुवित्तको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार १९० रुपैयाँ, जगेडा तथा कोष २३ करोड ९८ लाख १९ हजार र खुद नाफा ४१ दाख ६२ हजार ३२० रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।