सेयर बजार दुई हजार एक सय बिन्दुमाथि

0
Shares

बुधबार सेयर बजार कारोबारको तीन घण्टा अवधिमा ४०.२६ अंकले बढेर दुई हजार एक सय बिन्दुमाथि पुगेको छ ।

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जाको विषयमा बैंकर तथा व्यवसायीसंग घनिभुत छलफल चलाउँदै केही प्रावधानमा लचक हुने संकेत देखाएसँगै सेयर बजारले फड्को मारेको हो ।

राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शनको कार्यान्वयनका क्रममा देखिएका जायज तथा व्यबाहारिक जटिलताहरुको विषयमा बैंकर, उद्योगी तथा व्यपारीसँग छलफल पछि केही लचक हुन लागेको हो । जसका लागि राष्ट्र बैंकले संसोधनका विषयमा ३ बजे  पत्रकार सम्मेलन आयोजना गर्दैछ ।

यस अवधिमा २५२ कम्पनीका ५२ लाख ६९ हजार कित्ता सेयर २ अर्ब २० करोड रुपैयाँमा खरिद बिक्री भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।