नेप्सेमा थपियो २३ लाख १२ हजार कित्ता बोनस

0
Shares

डिप्रोक्स लघुवित्तको कुल २३ लाख १२ हजार ४९७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । लघुवित्तको उक्त बोनस बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

डिप्रोक्स लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को साधारण सभाबाट पारित गरेको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृत उक्त बोनस सेयर साधारण सभाका लागि गरिएको बुकक्लोजको अघिल्लो दिनसम्म कायम सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

विसं २०७८ असोज २३ गते शनिबार सम्पन्न भएको २० औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश अनुमोदन भएको थियो । साधारण सभाका लागि कम्पनीले २०७८ असोज १२ गते बुकक्लोज गरेको थियो ।

यसअनुसार २०७८ असोज ११ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।