कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँड, कसले कति पाए ?

0
Shares

कालिञ्चोक दर्शनले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र स्थानीय बासिन्दाका लागि जारी गरेको साधारण सेयर आज पुस २० गते बुधबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय नक्सालमा आईपीओ बाँडफाँड भएको हो । आईपीओको प्रि–अलटमेन्ट सोमबार गरिएको थियो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीले स्थानीय बासिन्दालाई जारी गरेको १ लाख २० हजार कित्ता सेयर १२ हजार स्थानीय बासिन्दाले गोलाप्रथाबाट १० कित्ताका दरले हात पारेका छन् । स्थानीय बासिन्दाबाट १५ हजार ४११ जनाबाट आवेदन परेकोमा २३१ जनाको आवेदन रितपूर्वक नपरेकाले रद्द गरिएको नबिल इन्भेष्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुबाट रितपुर्वक परेको सबै ६ हजार २५९ जना आवेदकलाई १० कित्ताका दरले ६२ हजार ५९० कित्ता आईपीओ बाँडफाँड गरिएको छ । यसरी बाँडफाँड गरेर बाँकी रहेको ४५ हजार ४१० कित्ता सेयर २० कित्तादेखि एक हजार कित्तासम्म आवेदन गर्नेमध्ये गोलाप्रथाबाट ४ हजार ५४१ जना आवेदकलाई थप १० कित्ताका दरले बाँडफाँड गरिएको हो ।

यसअनुसार वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुमध्ये ४ हजार ५४१ जनालाई २० कित्ताका दरले ९० हजार ८२० कित्ता र १ हजार ७१८ जनालाई १० कित्ताका दरले १७ हजार १८० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले वैदेशिक पहिला पटक वैदेशिक रोजगारीमा रहेका नेपाली नेपाली श्रमिकहरु तथा स्थानीय बासिन्दाका लागि लागि मंसिर १४ गते देखि २८ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले वैदेशिक रोजगारीमा जाने कामदारका लागि १ करोड ८ लाख रुपैयाँ बराबरको १ लाख ८ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । यस्तै कम्पनीले स्थानीय बासिन्दाका लागि जारी पुँजी ६० करोडको २ प्रतिशतले हुन आउने १ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।