शुभम् पावरको आईपीओ विदेशमा भएका ९ हजार ७ सय नेपालीले भरे

0
Shares

शुभम् पावर लिमिटेडले निष्कासन गरेको आईपीओ विदेशमा भएका ९ हजार ७३० जना नेपालीले भरेका छन् । सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिनसम्ममा सो संख्यामा आवेदन परेको हो ।

अन्तिम दिन बुधारसम्ममा वैदेशिक रोजगारीमा गएका नेपालीहरुबाट ४ करोड ९२ लाख २४ हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार २४० कित्ताका लागि आवेदन परेको हो । जुन मागको तुलनामा ८.४७ गुणा हो ।

कम्पनीले पुस ६ गतेबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि सर्वसाधारण जारी हुने ५ लाख ८० हजार ५८० कित्ताको १० प्रतिशत बराबरको ५८ हजार ५८ कित्ता सेयर बिक्री खुला गरेको थियो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले संखुवासभा जिल्लामा पिलुवा खोला साना जलविद्युत आयोजनाबाट ९९० किलोवाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण गरेको । कुल १४ करोड ३९ लाख ९० हजार ८८९ रुपैयाँ लागत रहेको आयोजनाबाट २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन भैरहेको छ ।

आयोजनाको प्रतिमेगावाट लागत १४ करोड ५४ लाख ४५ हजार ३४२ रुपैयाँ रहेको छ । कम्पनीको लगानी फिर्ता हुने अवधि ९.०९ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि २९.८६ वर्ष छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।