सुनको भाउ दश महिना यताकै उच्च, एक तोला किन्न १ लाख ३१ सय खर्चिनुपर्ने

0
Shares

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महङ्गिएसँगै नेपालमा पनि सुनको भाउमा उच्च बढोत्तरी हुँदै आएको छ । यससँगै बिहीबार सुनको भाउ पछिल्लो दश महिना यताकै महङ्गो बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँ तथा तेजावी सुनकोे भाउ १ लाख २ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो ।

यो भाउ २०७८ फागुनको तुलनामा उच्च हो । २०७८ फागुन २५ गते सुनको भाउ सर्वाधिक उच्चतम बिन्दु १ लाख ५५ सय रुपैयाँसम्म पुगेको थियो । फागुन २४ गते १ लाख ३ हजारमा कारोबार भएको सुन उक्त दिन एकैदिन २ हजार ५०० रुपैयाँले बढेर रेकर्ड राखेको थियो । बिहीबार कायम भएको भाउ उच्चतम बिन्दुभन्दा २ हजार ४०० रुपैयाँमात्र कम हो ।

बिहीबारको चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । बुधबारको तुलनामा बिहीबार भाउ घटेर चाँदी १ हजार ३८५ रुपैयाँ तोलामा झरेको हो । बुधबार १ हजार ४०० रुपैयाँमा कारोबार भउको थियो ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।