हिमालयन उर्जा विकासको साधारण सभा स्थगित

0
Shares

हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको साधारण सभा स्थगित भएको छ ।

कम्पनीले पुस २९ गतेका लागि तय गरेको २२ औं वार्षिक साधारण सभा स्थगित भएको जनाएको छ । पुस २० गते गतेको कम्पनीको सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि सभा स्थगित गर्ने निर्णय गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते सोमबार सेयर दाखिल खारेजी (बुकक्लोज) गरिसकेको छ । बुकक्लोज अनुसार पुस १७ गते आइतबारसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।

सभामा कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित, चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।