आँखुखोला जलविद्युतको निमित्त प्रमुख कार्यकारीको जिम्मेवारी प्रतिक्षा शर्मालाई


आँखु खोला जलविद्युत कम्पनीले वित्त प्रबन्धक प्रतिक्षा शर्मालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

कम्पनी सञ्चालक समितिको पुस २२ गते बसेको बैठकले कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्सव बरालको करार पु मसान्तमा सकिन लागेकाले अर्को व्यवस्था नभएसम्मका लागि शर्मालाई निमित्तको जिम्मेवारी दिने निर्णय गरेको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।