आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २७ गते बुधबार बुकक्लोज गर्दैछ । बुकक्लोज अनुसार पुस २६ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

इन्स्योरेन्सले गत आवको नाफाबाट चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लभांश सहितका अन्य प्रस्तावहरु पारित गर्न कम्पनीले माघ ९ गते होटल ले हिमालय, लाजिम्पाट काठमाडौँमा बिहान ११ बजे २५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।