सुनको भाउ बुधबार घट्यो, चाँदीको स्थिर

0
Shares

सुनको भाउ तोलामा ३०० रुपैयाँले घट्दा बुधबार चाँदीको भाउ भने स्थीर रहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँ तथा तेजावी सुन १ लाख २ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी १ हजार ३६५ रुपैयाँ तोलामा कारोबार भैरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ४०० रूपैयाँले घटेर १ लाख ३ हजार ५०० रुपैयाँ, तेजावी सुन १ लाख ३ हजार रुपैयाँ र चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस अमेरिकी डलर १८८३ तथा चाँदी २३.९० डलर हाराहरीमा कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।