यूनाइटेड इन्स्योरेन्सले पारित गर्यो लाभांश


यूनाइटेड इन्स्योरेन्सले गत आर्थिक वर्षको आम्दानीबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गरेको छ । बुधबार सम्पन्न इन्स्योरेन्सको २९ औं वार्षिक साधारण सभाले ५ प्रतिशत बोनस र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु समेत साधारण सभाले पारित गरेको छ ।

आर्थिक वर्ष २०७९/८० का लागी बाह्य लेखापरीक्षकमा एम. जि. एस एण्ड एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५१ करोड ५९ लाख २९ हजार रुपैयाँको बीमाशुल्क आर्जन गरेको जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।