हिमालयन एभरेष्ट इन्स्स्योरेन्सले प्रस्ताव गर्‍यो सेयरधनीलाई निराश बनाउने लाभांश

0
Shares

हिमालयन एभरेष्ट इन्स्स्योरेन्सले सेयरधनीलाई निराश बनाउने लाभांश प्रस्ताव गरेको छ । दुई कम्पनीको मर्जरपछि बनेको संस्थाले न्यून लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको सञ्चालक समितिको पुस २६ गते मंगलबार दिउँसो ४ बजे सम्पन्न बैठकले चुक्ता पुँजीको २.७५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.१४ प्रतिशत (३२ लाख ४२ हजार १६ रुपैयाँ) नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश साविक हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आव २०७८/७९ को नाफा नोक्सान हिसाबमा बाँडफाँडको लागि उपलब्ध रकमबाट वितरण गरिएको कम्पनी सचिव ध्रुव प्रसाद न्यौपानेले जानकारी दिए ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २३ करोड ९९ लाख ३६ हजार ७०० रुपैयाँ रहेको छ । प्रस्तावित चुक्ता पुँजीको २.७५ प्रतिशतले हुन आउने ६ करोड १५ लाख ९८ हजार ३०० बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।

प्रस्तावित लाभांश नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृती पछि कम्पनीको उनान्तिसौ वार्षिक साधारण सभाबाट पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।