हिमालयन डिष्टिलरीको ७० प्रतिशत लाभांश पारित

0
Shares

हिमालयन डिष्टिलरीले चुक्ता पुँजीको ७० प्रतिशत लाभांश पारित भएको छ ।

कम्पनी अध्यक्ष अखिलेश्वर प्रसाद सिंहको अध्यक्षतामा बुधबार वीरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सधारण सभा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम सेयरधनीलाई चुक्ता पुँजीको ६० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने र चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्नेलगायत प्रस्तावहरू पनि पारित गरेको छ ।

कम्पनीले लाभांश र साधारण सभा प्रयोजनका लागि पुस २० गते बुधबार बुकक्लोज गरेको थियो । यसअनुसार पुस १९ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।