हिमालयन रि इन्स्योरेन्सको खस्कियो प्रगति, झण्डै साढे ५ करोड नोक्सानीमा

0
Shares

हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा ५ करोड ३० लाख २८ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनी अघिल्लो आवको पहिलो त्रैमासमा ४ करोड ७६ लाख ८० हजार रुपैयाँ खुद नाफामा रहेको थियो । दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकासन गर्ने समयमा कम्पनीले बल्ल पहिलो त्रैमासको वित्तीय विवरण निकालेको छ ।

असोज मसान्तसम्म हिमालयन रिले १ अर्ब ७० करोड ९० लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यसअवधिमा कम्पनीले २ करोड ९ लाख ९६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

कम्पनीले लगानी तथा कर्जाबाट २ करोड ६३ लाख आम्दानी गरेको छ । अन्य अप्रतक्ष्य आय भने ५ करोड ७१ लख रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७ करोड ८३ लाख ५८ हजार रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीको जगेडा कोषमा ५ करोड १८ लाख २७ हजार रुपैयाँ सञ्चित थियो ।

कम्पनीको बीमा कोषमा १३ करोड ६९ लाख ७८ हजार रुपैयाँ सञ्चित छ । अघिल्लो आवको सोही अवधिमा ४८ लाख १९ हजार रुपैयाँ सञ्चित थियो । कम्पनीको महाविपत्ति कोषमा १ करोड ५० लाख ५९ हजार सञ्चित भएको छ ।

असोज मसान्तसम्ममा कम्पनीको ४ अर्ब ९० लाख रुपैयाँ दीर्घकालिन लगानी तथा कर्जा तथा ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँ अल्पकालिन लगानी तथा कर्जा लगानी गरेको छ ।

असोजसम्म कम्पनीको कुल बीमाशुल्क संकलन रकम १ अर्ब १९ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।