सेयर बजार आज पनि नखुल्ने

0
Shares

सेयर बजार आज माघ २ गते सोमबार पनि नखुल्ने भएको छ ।

सरकारले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिएसँगै सेयर बजारसँगै सार्वजनिक संघसंस्था र सरकारी कार्यालय पनि बन्द हुने भएको हो ।

यसअघि माघ १ गते आइतबार माघे संक्रान्तिको विदाका कारण नेप्से बन्द थियो । सेयर बजार अब मंगलबार मात्र खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक ४१.०४ अंकले घटेर २१४९.३९ बिन्दुमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।