नेरुडे लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

0
Shares

नेरुडे लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्न अगामी माघ २८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।  लघुवित्तलले उद्योग संगठन मोरङको सभाहल विराटनगर–२ मा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित चुक्ता पुँजीको २२ प्रतिशत बोनस सेयर र सोको कर तिर्न १.१५७९५ नगद लाभांश गरी जम्मा २३.१५७९५ लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभाबाट नेरुडे लघुवित्त र अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

साथै सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा छ ।

लभांश वितरण र साधारण सभा प्रयोजनका लागि माघ १७ गते बुकक्लोज ििमत तोकिएको छ । यसअनुसार माघ १६ गते सोमबारसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।