इन्भेस्टमेन्ट बैंकले वितरण गर्‍यो लाभांश

0
Shares

साबिकको नेपाल इन्भेष्टमेन्ट बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक) ले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्ताव गरी साधारण सभाबाट पारित गरेको लाभांश वितरण थालेको छ ।

बैंकले पुस ७ गते सम्पन्न ३६ औं वार्षिक साधारण सभाबाट स्वीकृत भएको चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश वितरण थालेको हो । चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर भने बैंकले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र नेप्सेमा सूचीकृत गरेपछि मात्र सेयरधनीको डिम्याट खातामा जम्मा गर्नेछ । बुकक्लोजको अघिल्लो दिनसम्म सेयर अभौतिकीकरण गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको डिम्याट खातामा उल्लेखित बैंक खातामा रकमान्तर गर्न थालिएको हो ।

बैंकको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलका अनुसार गत मंसिर २० गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खातासमेत अद्यावधिक गराएका सेयरधनीहरुको हकमा सम्बन्धित बैंक खातामै जम्मा भइसकेको छ । नेपाल क्लियरिङ्ग हाउसको आईपीएस मार्फत सोझै बैंक खातामा नगद लाभांश पठाइएको हो । बोनस सेयर र नगद लाभांशको कर कट्टी गरी नगद लाभांश जम्मा गरिएको छ ।

हालसम्म अभौतिकीकरण नगरेका सेयरधनीहरुले यथाशीघ्र डिम्याट खाता खोली सेयर अभौतिकीकरण गर्न समेत बैंकले आग्रह गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक आपसमा मर्जर भएर पुस २७ गतेदेखि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाममा एकीकृत कारोबार सुरु गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।