सगरमाथा इन्स्योरेन्सको घट्यो लाभांश, अब कति ?

0
Shares

सगरमाथा इन्स्योरेन्स लिमिटेडको बोनस सेयर घटेको छ । नेपाल बीमा प्राधिकरणको निर्देशनपछि कम्पनीको बोनस सेयर ०.१० प्रतिशत बिन्दुले घटेको हो ।

बीमा प्राधिकरणको निर्देशनपछि कम्पनीले अब चुक्ता पुँजीका १२.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसअघि गत पुस ५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ बाट चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६५७९ प्रतिशत नगद गरी कुल १३.१५७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

कम्पनीले लाभांश प्रस्ताव गरी स्वीकृतिका लागि बीमा प्राधिकरणम पेश गरेको थियो । प्राधिकरणको निर्देशन बमोजिम कम्पनी सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशमा संशोधन गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयर लगानीकर्ताहरुले पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।