दुई कम्पनीको सेयर मूल्य समायोजन

0
Shares

दुई कम्पनीको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार सेयर मूल्य समायोजन भएको छ । नेको इन्स्योरेन्स कम्पनी र आँधिखोला लघुवित्त वित्तीय संस्थाले माघ ३ गते मंगलबार बुकक्लोज मिति रहेकाले नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेका अनुसार नेको इन्स्योरेन्सको १५ प्रतिशत बोनस सेयर वितरणपछि प्रतिकित्ता सेयर मूल्य ७७८ रुपैयाँ ४३ पैसा कायम गरेको छ ।कम्पनीको पुस २८ गते कारोबार भएको अन्तिम दिनको मूल्य ८९५ रुपैयाँ २० पैसाका आधार मानेर नेप्सेले मुल्य समायोजन गरेको हो ।

यस्तै आँधिखोला लघुवित्तको ३० प्रतिशत बोनस सेयरपछिको प्रतिकित्ता सेयरमूल्य १३६५ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । कम्पनीको पुस २८ गते कारोबार भएको अन्तिम दिनको मूल्य १७७५ रुपैयाँ ५० पैसाका आधारमा नेप्सेले मुल्य समायोजन गरेको हो ।

नेप्सेले गरेको समायोजित मुल्यलाई आधार मानेर माघ ३ गते मंगलबार दुबै कम्पनीको दोस्रो बजारमा कारोबार खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।