बागमती प्रदेशमा कर्जा ‘डिफल्ट रेट’ उच्च

0
Shares

बैंक वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा ‘डिफल्ट रेट’ बागमती प्रदेशमा उच्च रहेको छ । सात प्रदेश मध्ये सबैभन्दा धेरै बैंकिङ गतिविधि हुने वाग्मती प्रदेश हुने भएकाले डिफल्ट पनि सोही अनुसार अधिक देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार बागमती प्रदेशको खराब कर्जा कुल कर्जाको ६.७५ प्रतिशत रहको छ । बैंक वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामा बागमती प्रदेशको हिस्सा नै ५५.८६ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा बागमती प्रदेशमा रहेका बैंक वित्तीय संस्थाले ७ लाख ४८ हजार ऋणीलाई २६ अर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

त्यसैगरी बागमती प्रदेशका बैंक वित्तीय संस्थाले गत आर्थिक वर्षमा एक करोड ६३ लाख ८३ हजार निक्षेपकर्ताबाट ३५ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । प्रदेशगत रुपमा बैंकिङ गतिविधिमा सबैभन्दा धेरै हिस्सा बागमती प्रदेश रहेको छ । सोही अनुसार खराब कर्जाको अंश पनि धेरै भएको स्पष्ट हुन्छ ।

बैंक तथा वित्तीय संस्थाको शाखा संख्यामध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ३ हजार ३ रहेका छन । त्यतीमात्र नभई यस प्रदेशमा सबैभन्दा धेरै २ हजार एक सय ४७ एटिएम संख्या रहेका छन । राष्ट्र बैंकका अनुसार कर्णाली प्रदेशमा बैंक वित्तीय संस्थाका सबैभन्दा थोरै ४५५ शाखा संख्या रहेको छन् । त्यसैगरी लुम्बिनी प्रदेशमा २२१२ संख्या छन् । गत आवसम्ममा कर्णाली प्रदेशमा ८८ वटा मात्र एटिएम छन् ।

केन्द्रीय बैंकका अनुसार कर्णाली प्रदेशमा १६ लाख ८८ हजार ९६५ निक्षेपकर्ताहरुबाट ६० अर्व ३२ करोड ७८ लाख निक्षेप संकलन भएको छ । त्यसैगरी लुम्बिनी प्रदेशमा ७० लाख ३२ हजार निक्षेपकर्ताहरुबाट ४ खर्व २७ अर्व २४ करोड ४४ लाख संकलन भएको छ । प्रदेशगत कर्जा तुलना गर्दा सबैभन्दा कम कर्णाली प्रदेशमा ५२ हजार ९ सय १४ ऋणीहरुलाई ५४ अर्व ९२ करोड ९४ लाख प्रवाह भएको छ । लुम्बिनी प्रदेशमा ३ लाख १८ हजार ऋणीहरुलाई ५ खर्व ३८ अर्व ७५ करोड ६४ लाख प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार गत आवमा प्रबाह भएको प्रदेशगत कुल कर्जामा निष्कृय कर्जाको अंश सबैभन्दा धेरै बागमती प्रदेशमा ६.७५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ३.१६ प्रतिशत रहेको छ । त्यसैगरी लुम्बिनी प्रदेशमा प्रबाह भएको कुल कर्जाको ३.६९ प्रतिशत खराब कर्जा रहेको केन्द्रीय बैंकले जनाएको छ । गत अवामा प्रदेश एकको खराब कर्जा ३.८९, मधेश प्रदेशको ४.२८, गण्डकी प्रदेशको ४ र सुदुर पश्चिम प्रदेशको ३.५३ प्रतिशत खराब कर्जा रहेको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षमा सबैभन्दा धेरै विपन्न वर्गकर्जा बागमती प्रदेशमा १ खर्व ६० अर्ब ४९ करोड २९ लाख रुपैयाँ प्रबाह भएको छ । सो अवधिमा कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाले ४ अर्व ८९ करोड रुपैयाँ विपन्न वर्ग कर्जा प्रवाह गरेका छन् । त्यसैगरी लुम्बिनी प्रदेशमा यस्तो कर्जा ४२ अर्व ४३ करोड ३२ लाख प्रवाह भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।