हवाई बीमामा नेपाली कम्पनीको खुद धारणा क्षमता एक प्रतिशत भन्दा पनि कम

0
Shares

नेपालमा सञ्चालित बीमा कम्पनीहरुको हवाई बीमाको खुद धारणा क्षमता न्यून रहँदै आएको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीहरुको पुँजी बढाउँदै लगे पनि कम्पनीहरुले भने हवाई बीमाको एक प्रतिशत भन्दा पनि कम खुद धारणा गर्दै आएका छन् ।

प्राधिकरणका अनुसार नेपालमा हवाई क्षेत्र उच्च जोखिममा छ । एउटा दुर्घटना हुँदा करौडौमा दाबी पर्ने भए पछि कम्पनीहरुले धेरै कम जोखिम आफुले राख्ने गरेका हुन् ।

चालु आर्थिक बर्ष २०७९÷८९ को मंसिर महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले ८० करोड ३७ लाख रुपैयाँ बराबरको मात्रै हवाई बीमा गरेका छन् । यो रकम कम्पनीहरुले सो अवधिमा गरेको कुल निर्जीवन बीमा व्यवसायको ५ प्रतिशत मात्रै हो ।

सो अवधिमा कम्पनीहरुले ५५ वटा बीमा पोलिसी जारी गरेका छन् । हवाई बीमा अन्र्तगत कम्पनीहरुले हवाई जहाजको बीमा, यात्रुको बीमा, चालक दल, बीमान परिचारिका बीमा र तेस्रो पक्ष बीमा गर्दै आएका छन् ।

पुनर्बीमा निर्देशिका, २०६५ मा बीमा कम्पनीहरुले बीमा गरेको सम्पतिको निश्चित प्रतिशत जोखिम आफुले धारणा गरी बाँकी रहेको जोखिमको पुनर्बीमा गराउनु पाउने व्यवस्था छ । अर्थात् कम्पनीले आफुले थेग्न नसक्ने जोखिमको पुनर्बीमा गराउन सक्नेछन् । तर, बीमकले शतप्रतिशत भने पुनर्बीमा गराउन पाउँदैनन् ।

नेपाली निर्जीवन बीमा कम्पनीहरुको सुरुवाती अवस्थामा पूँजी पनि कम थियो । फलस्वरुप कम्पनीहरुको खुद धारण क्षमता पनि कम थियो । त्यसमा पनि हवाई बीमामा एउटा दुर्घटना हुँदा पनि ठूलो दाबी पथ्र्यो । त्यसैले कम्पनीहरु धेरै जोखिम धारण गर्न डराउँथे । तसर्थ उनीहरुले न्यून मात्रै जोखिम धारण गरी बाँकी जोखिमको पुर्नबिमा गराउँथे ।

तर, यो प्रक्रिया अहिले पनि कायम नै छ । पछिल्लो समयमा कम्पनीहरुको पूँजी र क्षमता पनि बृद्धि भै सकेको छ । तर, कम्पनीहरुले खुद धारणको क्षमता भने बृद्धि नगरेको प्राधिकरणको भनाई छ । यद्यपी केही निर्जीवन बीमा कम्पनीहरुले भने १० देखि ३० प्रतिशतसम्म जोखिम धारणा गर्न सक्ने बताउँदै आएका थिए ।

नेपालका निर्जीवन बीमा कम्पनीहरुले स्वीस रि (स्वीजरल्याण्ड), जेवि बोडा पुनर्बीमा कम्पनी (भारत), जनरल इन्स्योरेन्स कर्पोरेशन (जिआईसी) (भारत), ह्यानओभर रि (जर्मन), ट्रस्ट रि (बहराईन), वाईका रि वेस्ट अफ्रिकन (सियरा लियोन), लोयड लण्डन, केन्या रि, केन्या, भुटान रि (भुटान) लगायतका कम्पनीहरुसँग पुनर्बीमा गर्दै आएका छन् । नेपाली कम्पनीहरुले जेवि बोडा (भारत), पाईनियर इन्स्योरेन्स ब्रोकर (भारत), फ्रस्ट पोलिसी इन्स्योरेन्स ब्रोकर (भारत) लगायतका भारतिय ब्रोकरहरु मार्फत पनि पुनर्बीमा गर्दै आएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।