अध्यक्ष मोती दुगडले आफ्नो व्यवसाय प्रवर्द्धन गर्न सनराइज बैंक प्रयोग गरेको राष्ट्र बैंकको ठहर

0
Shares

सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले आफ्नो व्यवसाय विस्तारमा आफु अध्यक्ष रहेको बैंकलाई गलत प्रयोग गरेको भेटिएको छ । केन्द्रीय बैंकले सनराइज बैंकको निरिक्षण गर्ने क्रममा बैंकका अध्यक्षले आफनो व्यवसाय विस्तारका लागि बैंकको गलत प्रयोग गरेको भेटेको हो ।

व्यवसायिक घराना एमभी दुगड गु्रपका अध्यक्ष समेत रहेका मोतिलाल दुगडले बैंकको विपन्न वर्गकर्जा तथा हायर पर्चेज कर्जामा बैंकलाइ अफ्नो व्यसाय अनुकुल प्रयोग गरेको राष्ट्र बैंकले जनाएको छ । अधयक्ष दुगडले आफ्नै घरायसी कम्पनी विवेक अटोमोवाइल र दुगड ब्रदर्स एण्ड मार्फत अटोमोवाइल व्यवसाय विस्तारका लागि सनराइज बैंकलाई प्रयोग गरेका हुन् ।

एमभी दुगड सुमह अन्तर्गतका दुगड ब्रदर्स एण्ड सन्स र विवेक दुगड अटोमावाइल कम्पनीले ट्याक्टर, निर्माण साधान, चार पाङग्रे, तीन पाङग्रे र २ पाङग्रे सवारी साधानको आधिकारिक बिक्रेताको रुपमा रहेका छन । दुगड ब्रदर्स एण्ड सन्स चार पाङग्रे सहित दुई पाङग्रे अप्रिला र भेस्पालगायतको पनि आधिकारीक बिक्रेता हो । त्यसैगरी विवेक अटोमोवाइल्स जोन डियरका ट्याक्टर, पियाजियो लगायतका साधनको आधिकारिक बिक्रेता हो ।

सनराइज बैंकले विपन्न वर्ग कर्जा अन्तरगत करिब ५ सय ट्याक्टरका लागि फाइनान्सीङ गरेको छ । सो मध्ये १८० भन्दा धेरै एमभी दुगड समुह अन्तर्गतको कम्पनीको अधिकारिक बिक्रेता रहेको जोन डियर कम्पनीका ट्याक्टर रहेको राष्ट्र बैंकको निरिक्षण प्रतिवेदनले देखाएको छ । बैंकले विपन्न वर्ग कर्जा अन्तर्गत उक्त ट्याक्टर तथा तिन पाङग्रे पियाजियो ब्राण्डको केही अटो पनि बिक्री गरेको छ ।

केन्द्रीय बैंकको निरिक्षण टोलीले तयार गरेको गत असारसम्मको निरिक्षण प्रतिवेदन अनुसार अध्यक्षले आफना सवारी बिक्रीका लागि फाइनान्सीङ गर्न सनराइज बैंकलाई प्रयोग गरेको देखाएको हो ।

केन्द्रीय बैंकले अध्यक्ष दुगडले बैंकलाई आफनो स्वार्थ अनुकुल प्रयोग गरेको पाएपछि अध्यक्षलाई स्पष्टिकरण समेत सोधेको थियो । त्यसमा अध्यक्षले बहुमत सञ्चालकको साथ लिएर केन्द्रीय बैंकलाई जवाफ दिएको राष्ट्र बैंक स्रोतले जानकारी दियो । “अध्यक्षले पठाएको स्पष्टिकरणको जवाफमा राष्ट्र बैंकले कुनै प्रतिक्रिया दिइसकेको छैन,” स्रोतले भन्यो,“अध्यक्षले गलत गरे नगरेको भन्ने विषयमा राष्ट्र बैंक केही बोलेको छैन ।”

बैंकको फाइनान्सीङ मार्फत बिक्री भएका जोन डियर ब्राण्डका करिब ५० ट्याक्टर र ६ पियाजियो अटोको लगानी डिफल्ट भएको छ । सो डिफल्टमा सनराइज बैंकका अध्यक्षले आफ्नो व्यवसाय विस्तारका लागि बैंकको गलत प्रयोग गरेको केन्द्रीय निरिक्षण प्रतिवेदनमा उल्लेख गरेको । यी डिफल्ड बैंकका वर्दिबास, मिर्चिया र लाहान शाखाबाट गरिएको ट्याक्टर फाइनान्सीङ रहेका छन् ।

बैंक अध्यक्षले विपन्न वर्ग कर्जाका आफ्ना ट्याक्टर मात्र बिक्री गरेका छैनन्। उनले सनराइज बैंकको काठमाडौ स्थित कालिकास्थान शाखाबाट करिब ७० वटा भेस्पा र अप्रिला ब्राण्डका स्कुटरको फाइनान्सीङ गराइ बिक्री गरेका छन् । अध्यक्षले ग्राहकलाई बैंकको फाइनान्सीङ सुविधा दिदै आफ्ना सामान बिक्री गरेको राष्ट्र बैंकले भेटेको हो ।

कार्यकाल लम्बाउन मर्जरको ‘अस्त्र ‘ प्रयोग गर्दै सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड

सनराइज बैंकको मर्जर समितिमा दुगड ग्रुपका कर्मचारी, समितिको बैधानिकतामा प्रश्न

अध्यक्षले बैंकलाई आफ्नो व्यवसाय विस्तारमा प्रयोग मात्र नभई बैंकको सञ्चालकमा आफ्नै कम्पनीका कर्मचारीलाई समेत ल्याएका छन्। बैंकको सर्वसाधारण सेयरधनीका तर्फबाट विवेक अटोमोवाइलका कर्मचारी दिपक नेपाललाई ल्याएका छन् । अध्यक्ष दुगडले दिपक नेपाललाई आफु अनुकुल प्रयोग गर्दै आएका छन् । सम्पत्ति शुद्धिकरणको आरोप समेत लागेका अध्यक्ष दुगडले आफ्नो अनुकुल काम गर्नका लागि बैंकको सम्पत्ति शुद्धिकरणमा दिपक नेपाललाई पठाए ।

त्यसपछि उनले नेपाललाई व्यवसाय विस्तारका लागि कर्जा प्रयोग भएको विषयलाई सल्टाउनका लागि बैंकको लेखापरिक्षण समितिको संयोजक बनाए । अहिले अध्यक्ष दुगडले नेपाललाई लेखापरिक्षण समितिको संयोजकबाट राजिनामा गराएर मर्जर समितिमा राखेका छन् । सनराइज र लक्ष्मीबैंकबीच मर्जरका लागि प्रारम्भिक सम्झौता भइसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।